दफा
परिषद्को गठन

(१) प्रतिष्ठानको सर्वोच्च निकायको रूपमा देहाय बमोजिमका अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरू रहेको परिषद्को गठन हुनेछ ः–
(क) स्थानीय विकास मन्त्री वा राज्य मन्त्री – अध्यक्ष
(ख) स्थानीय विकास सहायक मन्त्री – उपाध्यक्ष
(ग) ….. …. ….
(घ) राष्ट्रिय योजना आयोगका सदस्य (स्थानीय विकास हेर्ने)

सदस्य
(ङ) सचिव, अर्थ मन्त्रालय – सदस्य
(च) सचिव, स्थानीय विकास मन्त्रालय – सदस्य
(छ) सचिव, शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालय

सदस्य
(ज) सचिव, आवास तथा भौतिक योजना मन्त्रालय

सदस्य
(झ) सचिव, सामान्य प्रशासन मन्त्रालय – सदस्य
(ञ) ……………..
(ट) नगरपालिकाका प्रमुखहरू मध्ये पाँच विकास क्षेत्रबाट एक एकजना गरी नेपाल सरकारबाट मनोनीत पाँचजना प्रमुखहरू

सदस्य
(ठ) नेपाल ……….. को हिमाल, पहाड र तराई क्षेत्रको प्रतिनिधित्व हुने गरी नेपाल सरकारबाट मनोनीत गाउँ विकास समितिका तीनजना अध्यक्षहरू

सदस्य
(ड) कार्यकारी निर्देशक, प्रतिष्ठान – सदस्य–सचिव
(२) नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी परिषद्का सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
(३) उपदफा (१) को खण्ड (ग), ……….., (ट) र (ठ) बमोजिमका सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ ।
(४) परिषद्ले आवश्यक देखेमा स्वदेशी तथा विदेशी विशेषज्ञहरूलाई परिषद्को बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।